कस्तो छ माधव नेपालको स्वास्थ्य अवस्था? यसो भन्छन् उपचारमा संलग्न चिकित्सक

हेल्थपोस्ट नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा सुधार हुँदै गएको चिकित्सकले बताएका छन्।

अध्यक्ष नेपाल ज्वरो आउने र खोकी लाग्ने समस्या देखिएपछि बुधबार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना भएका थिए।

उपचारमा संलग्न शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासका अनुसार स्वास्थ्य अवस्थामा क्रमिक सुधार देखिएको छ।

‘आज ज्वरो घटेको छ। बिस्तारै स्वास्थ्य अवस्था सुधार हुँदै छ,’ डा. दासले हेल्थपोस्टसँगको कुराकानीमा भने, ‘ शारीरिक कमजोरीका कारणले पनि अस्पताल भर्ना गरिएको हो।’

नेपाललाई अझै भोलीसम्म चिकित्सकको निगरानीमा रहने डा. दासले जानकारी दिए।

स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको छ।  हिजो उनको उपचारसँगै कोरोना परीक्षणका लागि स्वाबसमेत संकलन गरिएको छ। नतिजा नेगेटिभ आएको डा. दासले बताए।

डा. दासका अनुसार नेपाललाई भाइरल ज्वराे सत्ताएकाे हाे। केही दिनमा निकाे हुन्छ।

‘हिजो भन्दा आज केही आराम महसुस गर्नु भएको छ। भोली वा पर्सिसम्म डिस्चार्ज हुनुहुन्छ,’ डा. दासले भने। उनलाई भिआइपी उपचार कक्षमा भर्ना गरिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *