चाडपर्वलाई लक्षित गरेर सरकारले गर्‍यो यस्तो निर्णय (सूचीसहित)

हेल्थपोस्ट नेपाल

काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिम रहेको भन्दै सभा, जुलुस, जात्रा, महोत्सव तथा भोज आयोजना नगर्न आदेश जारी गरेको छ। आज राति १२ बजेदेखि अर्को आदेश नभएसम्म यस्ता कार्य नगर्नर नगराउने प्रशासन कार्यलयले आदेश जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आदेश जारी गर्दै चाडपर्वहरु पनि न्युनतम सहभागितामा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सांकेतिक रुपमा मनाउन आग्रह गरेका छन्।

यस्तै सार्वजनिक सेवा प्रदान गर्ने कार्यलयले पनि सामाजिक दुरी कायम गर्दै न्युनतम स्वास्थ्य मापदण्ड अपनाउँदै सेवा प्रवाह गर्नुपर्ने आदेशमा उल्लेख छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *