यो वर्ष मनसुन लम्बिने, कहिले सम्म पर्छ पानी?

हेल्थपोस्ट नेपाल

भारतको झारखण्ड र आसपास बनेको न्यून चापीय क्षेत्रको, नेपालमा सामान्य प्रभाव परेको छ। जसका कारण पाँचवटा प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ ।

हाल देशको अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली भई एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ। बिहीबार देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको
मौसम पूर्वानुमान महाशाखा जनाएको छ।

देशभरी मौसममा बदली हुने मौसमविद् समीर श्रेष्ठ बताउँछन्। काठमाडौंमा पनि वर्षाको सम्भावना रहेको छ ।

यो, वर्ष मनसुन औसतभन्दा केही पछिसम्म सक्रिय हुने भएको छ। सामान्यतः नेपालमा अक्टोबर २ बाट मनसुन बाहिरिन्छ । यो वर्ष औसत निर्धारण गरिएको समयमा मनसुन बाहिरिने सम्भावना नदेखिएको मौसमविद् श्रेष्ठले जानकारी दिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *