गंगालाल अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच शैक्षिक सम्झौता

हेल्थपोस्ट नेपाल

विश्व मुटु दिवसको अवसरमा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच शैक्षिक सम्झौता भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीले अब गंगालालमा आएर तालिम लिन पाउने भएका छन्।

गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीका अनुसार कर्णालीका विद्यार्थीलाई अस्पतालमा शैक्षिक पहुँच तथा रेजिडेन्ट डाक्टरलाई तालिमको पनि व्यवस्था गरिने छ।

यो सम्झौताले कर्णालीका चिकित्सकहरुलाई हृदय रोगसम्बन्धि विभिन्न जानकारी तथा अभ्यास गर्नमा मद्धत पुर्‍याउने उनले बताए।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *