दुई अंकमा झर्‍यो भेन्टिलेटरमा हुने संख्या, आठ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा थप एक हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५ सय ४१ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

१० हजार ६ सय ५२ जनाको पिसिआर परीक्षण र ३ हजार आठ सय ८९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल १८ हजार १९३ जना सक्रिय संक्रमित छन्। जसमध्ये स्थागतमा एक हजार ३१५ र १६ हजार ८७८ होम आइसोलेसनमा संक्रमित छन्।

बुधबार २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार १२३ पुगेको छ।

पछिल्लो २४ घन्टामा एक हजार १ सय १३ जना निको समेत भएको छन्।

त्यस्तै काठमाडौं उपत्यकामा थप तीन सय ३५ जना संक्रमित थपिएका छन्। काठमाडौंमा दुई सय ६५ जना, भक्तपुरमा २८ जना र ललितपुरमा ४२ संक्रमित थपिएका हुन्।

त्यसैगरी, ३५४ जना आइसियुमा र ९९ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २४४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।पछिल्लो २४ घण्टामा देशभर दुई लाख ८६ हजार १४५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *