बागमती स्वास्थ्य मन्त्रालयकाे सचिवमा बद्री बहादुर खड्का

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा बद्री बहादुर खड्का नियुक्त भएका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खड्कालाई बागमती प्रदेशको सचिवको जिम्मेवारी दिएको हो।
बागमती प्रदेशमा सामाजिक विकास मन्त्रालय विभाजन गरेर स्वास्थ्य मन्त्रालय गठन गरिएको थियो।
उनी स्वास्थ्य समूह तर्फका ११ औं तहका कर्मचारी हुन्।
उनले स्वास्थ्य सेवा तर्फ आफूले पत्र बुझिसकेको बताए। ‘पत्र बुझेको छु। सरकारले नयाँ जिम्मेवारी दिएको छ। उक्त जिम्मेवारी अनुसार काम अगाडि बढाउँछु’ उनले भने।
यसअघि खड्का स्वास्थ्य कार्यालय काठामाडौंका प्रमुख जनस्वास्थ्य प्रशासकका रुपमा कार्यरत थिए।