टिचिङ अस्पतालले माग्यो कर्मचारी (सूचीसहित)

हेल्थपोस्ट नेपाल

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले कर्मचारी माग गरेको छ। अस्पतालले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो।

फार्मेसी, रेडियोग्राफर र ल्याबमा गरी जम्मा १५ जना कर्मचारीको माग गरिएको सूचनामा उल्लेख छ।

मुख्य प्राविधिक सहायक पद अन्तर्गत फार्मसी असिस्टेन्ट, रेडियोग्राफर र ल्याब टेक्निसियन असिस्टेन्टमा पाँच–पाँच जना माग गरेको छ।

कार्तिक ७ सम्म आवेदन दिइसक्नुपर्ने र परीक्षा मिति भने पछि तोकिने अस्पतालले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *