थपिए ११५८ नयाँ संक्रमित, १२ को मृत्यु

हेल्थपोस्ट नेपाल

पछिलो २४ घण्टामा देशभर ११५८ जना कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको विवरण अनुसार ११ हजार ६७२ जनाको पीसीआर बिधिबाट र २३३१ जनाको एन्टीजेन बिधिबाट गरी कुल १४ हजार ३ जनाको नमुना परीक्षण भएको छ । यस मध्य पीसीआर बाट ९०४ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा २५४ जना गरी कुल ११५८ जनामा संक्रमण पुष्टि भएको हो।

आज १२ जना संक्रमितको निधन भएको छ।

२४ घण्टामा १३१८ जना निको भई डिस्चार्ज भएका छन्।

काठमाडौँमा २७० भक्तपुरमा ४४ र ललितपरमा ६९ जना गरी काठमाडौँ उपत्यकामा ३८३ जना थपिएका छन्।

यो संगै नेपालमा कुल ४१ लाख ८६ हजार १७५ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण भएकोमा ७ लाख ९३ हजार २७१ जनमा र ५ लाख ७० हजार ७३६ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ९१ हजार १०८ जनामा संक्रमण पुष्टि भएको छ।

हालसम्म ७ लाख ६३ हजार ७३४ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ।

त्यस्तै, हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४२२ रहेको छ। त्यसैगरी सघन उपचार कक्षमा ३६४ र भेन्टीलेटरमा १२० जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *