स्वास्थ्य सेवा विभागको निर्देशन – छात्रवृत्तिमा पढेका चिकित्सकलाई अनिवार्य काममा लगाउनु

हेल्थपोस्ट नेपाल

स्वास्थ्य सेवा विभागले छात्रवृत्तिमा पढेका चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गर्न निर्देशन दिएको छ।

विभागले प्रदेशस्थितका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयलाई आधारभूत अस्पतालमा कम्तिमा पनि एक जना हुने गरी खटाउन निर्देशन दिएको छ।

चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिक २०७१ बमोजिम चिकित्सक तथा स्वास्थ्यकर्मीलाई व्यवस्थित रुपमा खटाउन लागिएको पत्रमा उल्लेख छ।

स्वास्थ्य मन्त्रालयको सचिव स्तरीय निणर्य अनुुसार सामाजिक विकास मन्त्रालयले हेर्ने गरी आधारभूत अस्पतालमा कम्तिमा एक जना हुने गरी खटाउन र दुई वर्ष सेवा अवधि पुरा भएपछि म्याद थप गर्ने व्यवस्था नहुने गरी खटाउन निर्देशन दिइएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *