माओवादी नेता पुन उपचारका लागि बैंकक जाँदै, के भएको हो?

हेल्थपोस्ट नेपाल

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’लाई उपचारका लागि थाइल्याण्ड लाने तयारी गरिएको छ।

जन्डिसका कारण राजधानीको सुमेरु अस्पतालमा दुई दिनदेखि उपरचारत पुनलाई बुधबार बिहान बैंकक लैजान लागिएको हो।

सुमेरु अस्पतालमा उपचारत पुनको स्वास्थ्यमा कुनै सुधार नभएपछि थाइल्याण्ड लाने तयारी गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

यसअघि पनि उनको स्वास्थ्यमा समस्या देखिएपछि बैंककमै उपचार गरिएको थियो।

पूर्व उर्जामन्त्री पुन लामो समयदेखि जण्डिसबाट ग्रसित छन्। चार वर्ष पहिले पनि उनले बैंककमा उपचार गराएका थिए।

स्वास्थ्यमा कुनै सुधारका संकेत नदिएको उपचारत चिकित्सकले बताए।

सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनलाई भेटेका थिए। उनले नेता पुनलाई बैंकक गएर थप उपचार गर्न सुझाव दिएका थिए।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *