विराट मेडिकल कलेजमा मुटुरोगीका लागि स्पेशल कार्डियो प्याकेज

हेल्थपोस्ट नेपाल

विराट मेडिकल कलेज विराटनगरले मुटु रोगका विरामीका लागि स्पेशल कार्डियो प्याकेज सेवा ल्याएको छ। मेडिकल कलेजले विश्व मुटुरोग दिवसको अवसर पारेर १३, १४ र १५ गते विशेष कार्डियो प्याकेज सेवा दिन लागेको हो ।

१३ असोजमा विश्व मुटु रोग दिवस मनाइदैं आएको छ । सोही अवसर पारेर विराटले तीन दिन कार्डियो प्याकेज उपलब्ध गराउने भएको हो । स्पेशल कार्डियो प्याकेज ३ हजार ९ सय रुपैयाँमा उपलब्ध गराउनेछ ।

प्याकेजमा सिबीसी, आरएफटी, टीएफटी, आरबीएस, इसिजी, इको, युरिन रेमी, लिपिड प्रोफाइल परीक्षण रहेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *