सोमबार १८ हजार ८४८ संक्रिय संक्रमित, ७ जनाको निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा थप १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १५ हजार ४८८ नमुना परीक्षणमध्ये १ हजार २८२ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा भने १ हजार २६२ निको भएका छन्। यो सँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ७ लाख ६१ हजार ४१६ पुगेको छ। मन्त्रालयको अनुसार आज देशभर १८ हजार ८४८ संक्रिय संक्रमित छन्। जसमध्ये १७ हजार ५३५ होम आइसोलेसन र १ हजार ३१३ संस्थागत आइसोलेसनमा छन्।

पछिल्लो २४ घन्टामा ७ संक्रमितको निधन भएको छ। यो सँगै नेपालमा कोरोनाबाट ११ हजार १०३ जनाले ज्यान गुमाइसकेका छन्।

मन्त्रालयको पछिल्लो विवरण अनुसार १२५ भेन्टिलेटरमा सहित ३८५ जनालाई आइसियूमा राखि उपचार भइरहेको छ। आज देशभर २५६ जना क्वारेन्टाइनमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *