निर्वाचनमा लाग्यो मेडिकल काउन्सिल, यस्तो छ कार्यतालिका

हेल्थपोस्ट नेपाल

नेपाल मेडिकल काउन्सिलको निर्वाचन आगामी मंसिरमा हुने भएको छ। जसका लागि काउन्सिलले कार्यतालिका पनि सार्वजानिक गरेको छ।

काउन्सिल निर्वाचन दुई चरणमा हुनेछ। पहिलो चरणमा उपत्यका बाहिर हुनेछ भने दोस्रो चरणमा काठमाडौं उपत्यकामा हुने निर्वाचन समितिले जनाएको छ।

समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उपत्यकाबाहिर मंसिर ३ र ४ गते मतदान हुने छ। काठमाडौं उपत्यकामा भने मंसिर १० र ११ गते मतदान हुने छ। मतदान बिहान १० देखि ४ बजेसम्म हुने छ।

निर्वाचनका लागि असोज २२ गते मतदाता नामावली प्रकाशन हुनेछ।असोज २४ गते मतदाता नामावलीमा दाबी विरोध गर्ने समय तोकिएको छ।

उम्मेदवारीका लागि मनोनयन पत्र दाखिला गर्ने मिति कार्तिक १ र २ गतेलाई तोकिएको छ। कार्तिक ४ गते उम्मेदवारी फिर्ता लिने मिति तोकिएको छ। २०७४ मा निर्वाचित कार्याकारीहरुको पदावधि २०७८ असोज ५ गते समाप्त हुँदैछ।

उपाध्यक्ष पदमा एकजना र सदस्य पदमा ८ जनाका लागि निर्वाचन हुने लागेको हो। निर्वाचनका लागि काउन्सिलले डा गणेश राईलाई प्रमुख निर्वाचन अधिकृत तोकेको छ। डा. मधुसुदन पुन र डा. मनोज हुमागाई निर्वाचन अधिकृत रहेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *