सुत्केरीलाई बचाउन प्रयास गरिएको हो, लापर्बाही होइन : नवजीवन अस्पताल

हेल्थपोस्ट नेपाल

धनगढीको नवजीवन अस्पतालले डाक्टर लापर्बाहीले सुत्केरीको ज्यान नगएको दावी गरेको छ।

शनिबार राती डोटीको शिखर नगरपालिका ६ की २६ वर्षीया कल्पना सिंह मल्लको मृत्यु भएको थियो।

उनको मृत्युपछि अस्पताले एक विज्ञप्ति जारी गर्दै अस्पतालका विज्ञ टोलीले रात दिन नभनी उपचार गर्दा समेत विरामीलाई बचाउन नसकेको प्रति दुस्ख व्यक्त गरेको छ ।

अस्पतालका अनुसार ३९ हप्ताको गर्भवती समेत रहेकी मल्ल सो अस्पताललमा नियमित चेकजाँच गराइरहेकी थिइन्।

‘असोज ९ गते बिहान १० बजे पेट दुखेर आएको विशेषज्ञ डाक्टरले जाँच गर्दा पाठेघरको मुख नरम मात्र भई एक घरमा खुलेको र त्यस पछि औषधि दिइर बाटो खुलाउने प्रयास गर्दा राती ११ बजेर ४५ बजेतिर बच्चा आउने बाटो पुरै खुलिसकेको तर आमाको बच्चा जन्माउने बल नपुगेको अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ।

यस्तै , बच्चा जन्माउने बल नपुगे पछि भ्याकुम प्रयोग गरी डेलिभरी गराएको जनाएको छ। पछि बिरामीको अत्याधिक रक्तश्राव समेत बढेको विज्ञप्तीमा उल्लेख छ।

अस्पतालले तत्कालै २ पिन्ट रगत चढाए उपचारका लागि आइसियू र लगत्तै भेन्टिलेरमा राखेर समेत उपचार गरेको जनाएको छ । विज्ञ टोलीको हर प्रयास गर्दा पनि बचाउन नसकेको अस्पतालले जनाएको छ । तर उनका आफन्तले डाक्टरको लापरबाहीकै कारण कल्पनाको मृत्यु भएको भन्दै आइतबार बिहान अस्पतालमा तनाव सिर्जना समेत गरेका थिए। कल्पनाले जन्म दिएको बच्चालाई भने एनआईसीयूमा राखिएको छ।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *