खोप लिनका लागि विद्युतीय दर्ता र परिचयपत्र लिएर जानुपर्ने हुन्छ ।
आजदेखि १८ बर्षभन्दा माथिका सबैले खोप पाउने, यी हुन् खोप केन्द्र

काठमाडौं जिल्लामा आजदेखि कोरोना विरुद्धको एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाइँदै छ। एस्ट्राजेनेकाकाे पहिलो मात्राको कार्यक्रम आगामी तीन दिनसम्म चल्नेछ।
जिल्ला स्वास्थ्य कार्यालयको अनुसार काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, नार्गाजुन नगरपालिका, तार्केश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, टोका नगरपालिका, गोकर्णेश्वर नगरपालिका, शंखरापुर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकामा खोप केन्द्र तोकिएका छन्।
त्यसबाहेक काठमाडौं महानगरभित्र नेपाल प्रहरी अस्पताल महाराजगन्ज, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगन्ज, निजामति अस्पताल बानेश्वर, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीमा समेत खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए।
काठमाडौं जिल्लामा १८ बर्षमाथिका सबै खोप दिइने खड्काले जानकारी दिए। काठमाडौं जिल्लामा ५० प्रतिशत भन्दा बढी खोप लगाइसकेका छन्।
‘खोप केन्द्रमा खासै भीडभाड छैन। काठमाडौं जिल्लामा ५० प्रतिशत भन्दा बढीले खोप पाइसकेका छन्,’ खड्काले भने, ‘१८ बर्षभन्दा सबैलाई खोपका लागि खुल्ला गरेका छौं।’
एस्ट्राजेनेकाकाे पहिलाे मात्रा लगाइसकेकाहरुले दाेश्राे मात्रा चाहि कति समय पछि र कहिले लगाउने हाे