विपी कोइराला नेत्र अध्ययन केन्द्रमा डा. सगुन जोशी

हेल्थपोस्ट नेपाल

त्रिवि शिक्षण अस्पताल परिषरमा रहेको बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रको कार्यकारी निर्देशकमा बरिष्ठ नेत्र विशेषज्ञ डा. सगुन जोशी नियुक्त भएका छन्।

यसअघिका निर्देशक प्राडा आनन्दकुमार शर्माको कार्यकाल अवधि सकिएपछि डा. जोशी नियुक्त भएका हुन्।

चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको सिफारिसलाई त्रिवि कार्यकारी परिषद्ले स्वीकृत गर्दै जोशीलाई १० असोज देखिनै लागू हुने गरि नियुक्ति दिएको हो।

डा. जोशीले सोमबारदेखि औपचारिक रुपमा पदवहाली गर्ने बताए।

‘छोटो अवधिमा धेरै काम गर्नुपर्ने छन्। केन्द्रमा आँखा बेहोस गर्न सेवा–सुविधा छैन। सर्वप्रथम त्यसमा काम गर्नेछु,’ डा. जोशीले भने, ‘ केन्द्रलाई कसरी नयाँ उचाई लैजाने गरी नै काम गर्नेछु।’

डा. जोशीले यसभन्दा अगाडी विभागीय प्रमुखमा रहेर काम गरेका थिए। निर्देशकको कार्यकाल चार बर्षको हुनेछ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *