संसदीय समितिको सरकारलाई निर्देशन : अध्ययनका लागि चीन जाने वातावरण तीन दिनभित्र मिलाउनु

हेल्थपोस्ट नेपाल

संसदीय समितिले २०१६ मा चीनमा एमबीबीएस गरेका विद्यार्थीलाई नेपालमै इन्टर्नसीपको व्यवस्था मिलाउन निर्देशन दिएको छ। आइतबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले सन् २०१५ र २०१६ मा एमबीबीएस गरेका विद्यार्थीहरुको समस्या समाधान गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो।

त्यसैगरी, पोखरास्थित मणिपाल मेडिकल कलेज खरिद बिक्रीको सम्झौतापत्र उपलब्ध गराउन निर्देशन दिएको छ। आइतबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेज खरिद क्रिक्री भएको हो वा होइन स्पष्ट जवाफ दिन सरकारलाई निर्देशन दिएको छ। ‘बेचबिखन भन्ने आइरहेको छ । त्यो के हो ? त्यो कुरा बुझ्न र बुझेर समितिलाई उपलब्ध गराइदिनको लागि निर्देशन दिन चाहन्छु,’ समितिकी सभापति जयपुरी घर्तिले भनिन्।

यसअघि सन् २०१४ मा चीनबाट एमबीबीएस उत्तीर्ण गरेका १ सय ६५ विद्यार्थीहरुले नेपालमानै इन्टर्नसिप गर्न पाउने भएका छन्। बाँकी थपको सन्दर्भमा भने अन्योल कायमै छ।

बैठकमा समितिका सदस्यले चीनमा अध्ययनका लागि पुनः जान नपाएका विद्यार्थीको समस्या तत्काल समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सचेत गराएका थिए। समितिका सदस्य एवम पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले ३ दिन भित्र चीन अध्ययनका लागि पुनः जाने व्यवस्था विद्यार्थीहरुलाई मिलाउन सरकारलाई दवाव समेत दिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *