सुमेरु अस्पतालमा प्रशासनको छापा, ३० हजार जरिवाना

हेल्थपोस्ट नेपाल

एन्टिजेन परीक्षणमा सेवाग्राहीसँग बढी शुल्क असुल्ने सुमेरु सिटी अस्पताल कारबाहीमा परेको छ। ललितपुर प्रशासनले आइतबार छापा मारी अस्पताललाई ३० हजार रुपैयाँ जरिवाना गरेको हो।

सेवाग्राहीले अस्पतालविरुद्ध उजुरी गरेपछि अनुगमनका लागि अस्पताल पुगेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।

‘संयुक्त अनुगमन टोलीले स्थलगत निरीक्षण गर्दा सरकारले तोकेको भन्दा १५ सय बढी शुल्क असुलेको पाइयो’, उनले भने, ‘बस्नेतले भने, ‘एन्टिजेन परीक्षणको शुल्क १ हजार रुपैयाँ तोकिएको छ। तर अस्पतालले एन्टिजेन परीक्षण गर्न आउने बिरामीसँग २ हजार ५ सय रुपैयाँ लिएको प्रमाण भेटिएपछि कारबाही गरेका हौं।

उनका अनुसार सेवाग्राहीले देख्नेगरी मूल्य सूची राख्नु पर्ने र प्रत्येक १५-१५ दिनमा शुल्क उठाएको विवरण पेश गर्न निर्देशन दिइएको छ । नियमित रूपमा अनुगमन गर्दा बढी शुल्क लिइएको पाइए अब ल्याब नै बन्द गरिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *