‘जहाँ फार्मेसी, त्यहाँ फार्मासिष्ट’

हेल्थपोस्ट नेपाल

जहाँ फार्मेसी हुन्छ, त्यहाँ फार्मासिष्ट नहुँदा समस्या भएको गुनासो बढेको छ। नेपाल फार्मेसी संघका जिल्लाअध्यक्ष सुलभ अधिकारीले शनिबार परेको विश्व फार्मेसी दिवसका अवसरमा घोराहीको बिपीचोकमा आयोजित कार्यक्रममा उनले अहिले फार्मेसी भए पनि फार्मासिष्टभन्दा अन्य व्यक्तिबाट औषधि वितरण हुँदा बिरामीमा परेको असरबारे ध्यान दिन आग्रह गरे।

फार्मेसी पढेका व्यक्तिका लाइसेन्स भाडामा दिँदा अन्य व्यक्तिले त्यसको फाइदा लिने गरेकाले त्यसमा ध्यान दिनुपर्नेमा उनले जोड दिए। कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका फार्मेसी विभाग प्रमुख केशरमान बिसीले विद्यार्थीले फार्मेसीको महत्व बुझ्नुपर्ने आवश्यकता औल्याए ।

प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका फार्मेसी अधिकृत रोशन तिमिल्सिनाले औषधि ऐन २०३५ अनुसार जहाँ औषधि हुन्छ, त्यहाँ फार्माष्टि हुनैपर्नेमा अहिलेसम्म त्यस्तो व्यवस्था नभएको गुनासो गरे।

स्वास्थ्य कार्यालयका फार्मेसी अधिकृत प्रविन तिमिल्सिनाले औषधिमा अर्बौ बजेट भए पनि फार्मासिष्ट नहुँदा औषधि वितरण, भण्डारणलगायतमा समस्या रहेको बताए।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *