८३४ कोरोना संक्रमित थपिए, ९ को मृत्यु

हेल्थपोस्ट नेपाल

नेपालमा थप ८ सय ३४ जनाका कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७ सय ३६ जनामा परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९ सय ६६ (पिसिआर र एन्टिजेन परीक्षणसहित) पुगेको छ।

 

२४ घण्टा अवधिमा १ हजार २ सय ७९ जना निको भएका छन्। नेपालमा हालसम्म निको हुनेको संख्या ७ लाख ६१ हजार १ सय ५४ पुगेको छ। निको हुने दर ९६.२ प्रतिशत छ।

यस्तै, सोही अवधिमा ९जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६ रहेको छ। हाल नेपालभर सक्रिय संक्रमितको संख्या १९ हजार १ सय ४२ छ। जसमध्ये १७ हजार ८ सय १३ जना होम आइसोलेसनमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *