बिपी प्रतिष्ठानको लापर्वाहीः शल्यक्रिया गर्दा संक्रमण उच्च (प्रतिवेदन सहित)

हेल्थपोस्ट नेपाल

बि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गुणस्तरहीन सेवाका कारण सेवाग्राहीले अन्य अस्पतालमा रिर्फर भएर जानुपर्ने अवस्था रहेको पाइएको छ।

नेपाल मेडिकल काउन्सिलले प्रतिष्ठानमा पुगेर स्थलगत अध्ययन गरि तयार पारेको प्रतिवेदनले प्रतिदिन १५– २० जना बिरामी रिफर गर्ने गरेको फेला परेको छ।

प्रतिठानका विशेषज्ञहरुले खासै विरामी नहेर्ने र रेजिडेन्ट डाक्टरहरुले मात्र विरामी जाँच गर्ने गरेको पाइएको छ।

स्वास्थ्य जनशक्ति तथा विरामीको अनुपातमा धेरै न्यून संख्यामा आईसियु तथा अन्य शैया रहेको पाइएको छ।

काउन्सिल र चिकित्सा शिक्षा आयोगको टोलीले भदौ २ देखि ५ गतेसम्म प्रतिष्ठानमा निरीक्षण गरेको थियो। सो क्रममा निरीक्षण टोलीले प्रत्यक्ष रुपमा सम्बन्धित स्थानमा ओपिडी, वार्ड, ल्याब, इमजेन्सी सेवाको अवलोकन र अध्ययन, सरोकारवाला सेवाग्राहीहरुसँग छलफल र अन्तरक्रिया, सेवा प्रदान गरिरहेका स्वस्थ्यकर्मीहरुसँग छलफल र अन्तरक्रिया गरेको थियो।

रेडियोलोजी तथा डेन्टल सेवा पनि दयनीय रहेको प्रतिवेदनको निशकर्ष रहेको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *