१२ औं तहका स्वास्थ्य कर्मचारी बढुवाको प्रक्रिया सुरू (सूचना सहित)

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाह्रौं तह (प्रमुख विशेषज्ञ) मा बढुवा गर्नका लागि १५ दिने सूचना जारी गरेको छ।

आइतबार सार्वजनिक सूचना अनुसार २०७८ असार मसान्तसम्म न्यूनतम पाँच वर्ष सेवा अवधि पूर भएका ११औं तहका अधिकृत कर्मचारीले बढुवासम्बन्धी विवरण मन्त्रालयमा १५ दिनभित्र दर्ता गराउन भनिएको छ।

मन्त्रालयले १२औं तहको रिक्त पद संख्या तीनमा नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा २५ (२) बमोजिम कार्य सम्पादन क्षमताका आधारमा बढुवा गर्न लागेको हो।

यसको लागि, २०७८ असार मसान्तसम्म न्यूनतम पाँच वर्ष सेवा अवधि पूरा भएका एघारौं तहका अधिकृत कर्मचारीहरुले मन्त्रालयको वेबसाइटमा रहेको बढुवासम्बन्धी व्यक्तिगत विवरण फारम डाउनलोड गरी उक्त विवरण सम्बन्धित निकायबाट प्रमाणित गरी दर्ता गराउन सूचित गरिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *