काेराेना संक्रमित संख्या एक हजार तल झर्‍याे, आज कतिको मृत्यु?

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा ९५३ नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १० हजार ५७९ नमुना परीक्षण गर्दा उक्त संख्या संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा थप १ हजार ३७१ संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा ७ लाख ५९ हजार ८७५ संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घन्टामा ६ जना संक्रमितको निधन भएको छ। हालसम्म ११ हजार ८७ जना संक्रमणबाट निधन भएको मन्त्रालयले जनाएको छ।

शनिबार देशभर १९ हजार ७ सय सक्रिय संक्रमित छन्।

जसमध्ये १८ हजार ३४० होमआइसोलेसन र १ हजार ३६० संस्थागत आइसोलेसनमा छन्।

त्यसैगरी, मन्त्रालयको पछिल्लो विवरण अनुसार १०९ भेन्टिलेटर सहित ३६३ को आइसियूमा राखि उपचार भइरहेको छ।

पछिल्लो २४ घन्टामा २ लाख १६ हजार ७२५ कोरोना विरुद्दको खोप लगाइएको छ।

आज देशभर २३७ क्वारेन्टाइनमा छन्।

 

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *