टिचिङ अस्पतालमा छैटौँ कलेजो प्रत्यारोपण सफल

हेल्थपोस्ट नेपाल

त्रिभूवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा छैटौँ कलेजो प्रत्यारोण सफल भएको छ।

अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले शुक्रबार छैटौ कलेजो प्रत्यारोपण सफलता गरेको हो।

३६ वर्षीय पुरुषको सफलतापूर्णक कलेजो प्रत्यारोपण गरिएको डा. भण्डारीले जानकारी दिए । उनलाई ३१ वर्षीय श्रीमतीले कलेजो दिएकी हुन्।

डा. भण्डारीकाअनुसार शुक्रबार दिउँसो दुई बजेदेखि सुरु गरिएको प्रत्यारोपण राति ११ बजे सकिएको थियो । हाल दुवैको स्वास्थ्य अवस्था सामान्य छ।

प्रत्यारोपणमा सघाउन यसपटक भारतको फोर्टिस अस्पतालका डाक्टर विजय भिजको टोली शिक्षण अस्पताल आएको थियो ।

शिक्षण अस्पतालमा यसअघि पाँच वटा कलेजो प्रत्यारोपण सफल भैसकेको छ। अस्पतालमा डाक्टर रमेश सिंह भण्डारीकै पहलमा कलेजो प्रत्यारोपण सुरु भएको हो।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *