कोरोनाविरुद्धको खोप बेच्दै स्वास्थ्यचौकीका इन्चार्ज, (भिडियो सहित)

रौतहत जिल्लाको यमुनामाई गाउँपालिकास्थित सकुर्वा स्वास्थ्यचौकीका इन्चार्ज सुधिरकुमार सिंहले कोरोनाविरुद्धको सोप बेच्चै गरेको भिडियो सार्वजनिक भएको छ। भिडियो सार्वजनिक भएलगत्तै उनी फरार भएका छन्।
इन्चार्ज सिंहले विदेश जान लागेका तथा खोप लगाउन भन्दै सिंहले आएका सयभन्दाबढी व्यक्तिबाट एक व्यक्तिबाट १५ सयदेखि दुई हजार रुपैँयासम्म असुलेको यमुना गाउँपालिकाका अध्ययक्ष अश्वयराय यादवले बताए।
स्वास्थ्यकर्मी सिंहविरुद्ध उजुरी परेपछि उनी फरार भएको अध्ययक्ष यादवले जानकारी दिए। ‘हामीले उनलाई स्वास्थ्चौकीको इज्चार्जबाट निलम्बिन गरिसकेका छौं भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि उनलाई फाजिलमा राख्न सिफारिस गरिसकेका छौं,’ उनले भने।
उनको ठाउँमा अर्को इन्चार्जलाई राखिएको छ। खाेप कार्ड छाप्न आफ्नो व्यक्तिगत पैसा खर्च भएकाे भन्दै उनले पैसा असुल्ने गरेका थिए ।
साथै उनले अतिविपन्न व्यक्तिलाई भने छुट गरी पाँचसयमा खोप लगाइदिएका थिए।