के प्लास्टिक बोतलमा पानी पिउँदा हुन्छ क्यान्सर?

हेल्थपोस्ट नेपाल

खानेकुरा प्याकिङ गर्दा प्रयोग गरिने प्लास्टिकले स्वास्थ्यमा असर गर्छ वा गर्दैन भन्ने कुरामा संधै विवाद भइरहन्छ।

अहिले पनि, प्लास्टिक बोतल घाममा राख्दा यसमा अनेक खालको रसायन निस्किन्छ, जुन पानीमा मिसिएर शरीरमा जान्छ भन्ने हल्ला चलिरहेको छ।

तर, यो सबै कुरा झुठ्ठा हुन्।

प्लास्टिकमा बिस्फिनाइल ए’ (बीपीए) नामक रसायन हुने भएकाले यसले स्वास्थ्यमा केही असर गर्छ कि भनेर वैज्ञानिकहरु चिन्तामा छन्।

यो रसायन पोलीकार्बोन कन्टेनर, खाना राख्ने बट्टा जस्ता सामानहरुमा पनि पाइन्छ।

बीपीएले फिमेल हर्मोनले असर गर्ने जस्तै नोक्सान पु¥याउन सक्ने बताइए पनि हालसम्म यसको पुष्टि भएको छैन।

मुसामा गरिएको अध्ययन अनुसार बीपीए धेरै मात्रामा हुँदा गर्भवति मुुसा तथा साना बच्चाहरुलाई हानी पुगेको थियो।

तर मानिसमा बीपीए जस्ता रसायनहरुलाई अलगै ढंगले पचाउन सक्छन्। हालसम्म धेरै बीपीए रसायन मानिसको शरीरमा जाँदा असर पु¥याउँछ भन्ने कुनै ठोस प्रमाण भेटिएको छैन।

प्लास्टिक प्याकेजिङमा वर्षै देखि रसायन उपयोग गर्दै आएको छ। एक अनुमानका आधारमा विकसित देशका वयस्कहरुको पिसाबमा धेरै बीपीए रसायन भेटिन सक्ने बताइएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *