१४७६ नयाँ कोरोना संक्रमित थपिए, ९ को मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा १४७६ नयाँ संक्रमित थपिएका छन्। १५ हजार ६९० जनामा कोरोना परीक्षण गर्दा पिसिआर विधिबाट ११०३ र एन्टिजेन विधिबाट ३७३ गरी १४७६ जनामा संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमणका कारण आज ९ जनाको मृत्यु भएको छ। योसंगै नेपालमा कोरोना संक्रमणका कारण ११ हजार ८१ जनाको मृत्यु भएको छ।

२४ घण्टामा १,५५० जना संक्रमण मुक्त भएका छन् भने देशभर २० हजार २८७ सक्रिय संक्रमित रहेका छन्।

हाल ३४७ कोरोना संक्रमित संघन उपचार कक्षमा उपचाररत छन् भने १०५ जना भेन्टिलेटरमा छन्।

देशभर पहिलो र दोस्रो डोज गरी एक लाख ७२ हजार ५९० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *