प्रधानमन्त्री देउवाको दाबी : सन् २०२२ सम्म सबै नागरिकलाई कोरोना खोप

हेल्थपोस्ट नेपाल

प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २०२२ सम्म सबै नेपालीलाई कोरोना खोप उपलब्ध गराउने लक्ष्य सरकारले लिएको बताएका छन्। संयुक्त राष्ट्रसभामा ग्लोबल कोभिड-१९ शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई सन्देश पठाउँदै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

उनले आधा जनसंख्याले कम्तिमा एक डोज र एक चौथाइभन्दा बढी नेपाली नागरिकले पूर्ण खोप लिइसकेको जानकारी गराएका छन्।

१२ देखि १८ वर्ष उमेरसमूहका नागरिकलाई खोप दिने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताउँदै उनले थप १ करोड डोज खोप आपूर्तिको सुनिश्चितता भएको उल्लेख गरेका छन्।

दूर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई खोप उपलब्ध गराउन सरकारको तर्फबाट तालिमप्राप्त स्वास्थ्यकर्मीहरू परिचालन गरिएको देउवाले बताएका छन्।

सन्देशमार्फत देउवाले खोप उपलब्ध गराएर सहयोग गर्ने मित्र राष्ट्रहरूलाई धन्यवाद दिएका छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *