बिहिबार २० हजार ७४३ सक्रिय संक्रमित, १३ जनाको निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा १ हजार २३९ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार १५ हजार २४३ नुमना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी, सोही अवधिमा १३ जना संक्रमितको मृत्यु भएको छ। योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७२ पुगेको छ।

बिहिबार १ हजार ३२४ निको भएका छन्।

देशभर आज २० हजार ७४३ सक्रिय संक्रमित छन्।

देशभरिका अस्पतालमा १११ भेन्टिलेटरमा सहित ३४० जनाको आइसियूमा राखि उपचार भइरहेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *