जसले दुई कार्यकाल विवादमा बिताए, उनैलाई प्रत्यारोपण केन्द्रको तालाचाबी

हेल्थपोस्ट नेपाल

भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकको जिम्मेवारी पुनः डा. पुकारचन्द्र श्रेष्ठले पाएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. श्रेष्ठलाई प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

स्वास्थ्य मन्त्रालयले नै कारबाहीमा सिफारिस गरेको र केन्द्रमा रहँदा अनियमिततासहितका विवादमा मुछिएका डा. श्रेष्ठलाई पुनः जिम्मेवारी दिइएको हो।

स्वास्थ्य मन्त्रालयबाट पत्र आइसकेको र आज नै केन्द्रको पुनः नेतृत्व लिने डा. श्रेष्ठले हेल्थपोस्टलाई बताए।

डा. श्रेष्ठले दुई कार्यकाल निर्देशक भएर नेतृत्व गर्दा संस्थागत हितभन्दा पनि आफ्नो निजी स्वार्थमा काम गर्दै आएका थिए।

पुनः प्रत्यारोपण केन्द्रमा भित्रन डा. श्रेष्ठले लामोसमयदेखि मन्त्री तथा नेताको घर धाउँदै आएका थिए।

उनीमाथि उपकरण तथा मेसिनरी सामग्री नियमविपरीत खरिद गरेको, केन्द्रमा आएका बिरामीलाई प्रयोगशाला परीक्षणका लागि आफ्नो निजी अस्पताल निदानमा पठाउने गरेको, औषधि खरिदको ठेक्का व्यवस्थापन नगरेको, कर्मचारी नियुक्ति प्रक्रियामा आफ्ना मान्छे भर्ति गरेको, केन्द्रका कर्मचारी दमन गरेको लगायतका आरोप लाग्ने गरेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *