डब्ल्यूएचओको नयाँ निर्देशिका- वायु प्रदुषण झन् ‘खतरनाक’ हरेक वर्ष ७० लाख मानिसको मृत्यु

हेल्थपोस्ट नेपाल

विश्व स्वास्थ्य संगठनले विश्वभर नै ‘वायु’को अवस्था हरेक दिन ‘खराब’ हुँदै गइरहेको भन्दै सचेत गराएको छ। वायु प्रद्षणको असर र त्यसको अवस्था अहिले मानिसले सोचिरहेको भन्दा निकै खतरानाक रहेको पनि उसको चेतावनी छ।

आगामी नोभेम्बरमा हुन थालेको कोप–२६सम्मेलनका लागि आफ्ना १९४ सदस्य राष्ट्रहरूलाई कार्बन उत्सर्जन कम गर्न र जलवायु परिवर्तनका लागि प्रभावकारी योजनाहरूमा काम अघि बढाउन पनि उसले आग्रह गरेको छ। त्यसका लागि उसले बुधबार एउटा निर्देशिका जारी गरेको छ र वायु प्रदुषणको एउटा मापन इकाई निकै शुक्ष्म मानिने पिएम २.५को मात्रालाई पनि घटाइदिएको छ। यसको मात्रा जति बढ्यो उति नै वायुको गुणवेत्ता खराब हुँदै जान्छ र त्यो उत्तिकै विषाक्त हुन्छ।

‘वायु प्रदुषण एकप्रकारले भन्ने हो भने धूमपान र अस्वस्थ खानाजत्तिकै हानिकारक हुन्छ’ उसले भनेको छ। इन्धनबाट चल्ने गाडीको धुवाँ र इन्धन बाल्दा त्यस्ता कणहरू अत्यधिक उत्पादन हुन्छन् र त्यसले वायुलाई प्रदुषित बनाउँछ।

उसले विकासित देशहरूले आफ्नो औद्योगिक उत्पादनका लागि प्रयोग गर्ने गरेको खानीजन्य इन्धनका (जस्तो कि कोइला )कारण हुने वायु प्रदुषणबाट अल्प विकसित देशहरू अत्यधिक मारमा पर्ने पनि जनाएको छ।

वायु प्रदुषणकै कारण हरेक वर्ष हुने करिब ७० लाख मानिसको मृत्युको कारण वायु प्रदुषण पनि भएको भन्दै उसले आफ्नो निर्देशिकामा भनेको छ– वायु प्रदुषणको मात्रा कम गर्दामात्रै पनि ८० प्रतिशत मृत्यु रोक्न सकिने हुन्छ।

डब्ल्यूएचओको त्यो निर्देशिकामा ओजोन, नाइट्रोजन डाइअक्साइड, सल्फरडाइअक्साइड र कार्बनडाइअक्साइडलाई समेत हानिकारक र प्रदुषकको श्रेणीमा राखिएको छ। त्यस्तै नयाँ निर्देशिकामा पिएम १० भनिने प्रदुषणको कणको मापनलाई पनि २५ प्रतिशत घटाइदिएको छ। अब पिएम १० र पिएम २.५को मात्रालाई वायुको गुणवेत्ताको आधार मान्ने राष्ट्रहरूले त्यसलाई अझै कम गर्नुपर्नेछ।

वायु प्रदुषणका कारण मानिसमा मुटुको रोग र स्ट्रोक झन् बढ्नसक्छ। बालबालिका र वृद्धहरूमा फोक्सोको समस्या निकै बढाउनसक्छ।

नेपालमा पनि वायु प्रदुषण बढ्दो छ। गत वर्ष काठमाडौं विश्वकै उच्च वायु प्रदुषणयुक्त सहरको सूचीमा परेको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *