आँखाको दृष्टि नै गुम्न सक्ने सापु रोग : लक्षण र बच्ने उपाय

हेल्थपोस्ट नेपाल

सापु एक दृष्टिनाशक रोग हो। प्राय वर्षा यामपछि भदौदेखि मंसिर महिना सम्म विशेष गरी नेपालको मध्य पहाडी भेटमा सापु महामारीको रुपमा देखिने गरेको छ। यो रोगको लक्षणहरु देखापरेको २४ देखि ४८ घण्टासम्म उपचार नपाए आँखाको दृष्टि गुम्न सक्छ।

सापु रोग के कारणले लाग्छ?
हालसम्म सेतो पुतली(मोथ)लाई सापुको कारण मानिएको छ तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरुलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।

सापु रोगका लक्षण केके हुन्?

एक्कासी एउटा आँखा रातो हुनु।
चिप्रा नलाग्नु।
उज्यालोमा हेर्न नसक्नु।
आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
आँखा दुख्नु
उपचारमा ढिला भएमा कालो नानीमा सेतो देखिनु।

सापु रोगकाे राेकथाम कसरी गर्ने?

सेतो पुतलीको संसर्गबाट टाढै रहने।
धेरै उज्यालो सेतो बत्ति नबाल्ने।
साँझ र राती झ्याल ढोका बन्द गर्ने।
सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने।
सुत्ने कोठामा बत्ति निभाएर वा मधूरो बत्ती बालेर झूलभित्र मात्रै सुत्ने।

समयमै उपचार भएमा याे राेग निकाे हुन्छ तर ढिला हुन गएमा बिरामीकाे दृष्टि गुम्न सक्छ वा आँखा सुकेर जान सक्छ। याे राेग लागेकाे शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द‍  जानुपर्छ। तर याे राेगकाे उपचारकाे लागि आफुखुसी औषधि वा जडिबटिको प्रयोग भने गर्न हुँदैन।

 

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *