स्यानिटरी प्याडमा करको विरोधमा प्रदर्शन हुँदै

हेल्थपोस्ट नेपाल

स्यानिटरी प्याडमा कर लगाइएको विरोधमा बिहीबार काठमाडौंमा प्रदर्शन हुने भएको छ। युथ कांग्रेस नेपालले साँझ ४ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्न लागेको हो।

‘स्यानिटरी प्याड विलासिता होइन, आवश्यकता हो, रातो कर माफ गर’ भन्ने नारासहित सांकेतिक रुपमा प्रदर्शन गर्न लागिएको आयोजकले जनाएका छन्।

सरकारले स्यानिटरी प्याडको आयातमा १३ प्रतिशत भन्सार महसुल दर तोकेको छ। त्यसरी भ्याट तथा भन्सार महसुल लगाउनु संविधानविपरीत रहेको दाबीसहित गत साउनमा सर्वोच्चमा रिट दायर भएको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *