अब वडा स्तरमै ४० वर्ष माथिका नागरिकको निःशुल्क पिसाब जाँच

हेल्थपोस्ट नेपाल

सरकारले ४० वर्षमाथिका सबै नागरिकको निःशुल्क पिसाब जाँच गर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले नेपालमा नसर्ने रोग बढ्दै गएकाले त्यसको न्यूनीकरणको लागि वडा स्तरमै पिसाब लगायत अन्य रोगको परीक्षण गर्ने योजना रहेको बताए।

नेपालमा ७१ प्रतिशत मृत्यु कारण नसर्ने रोगबाट हुने गरेको छ।

‘नसर्ने रोगबाट धेरैको ज्यान लिने गरेको छ। समयमै नसर्ने रोग पत्ता लगाउनका लागि हामीले वडा–वडा प्रत्येक नागरिकको पिसाब योजना अगाडी बढाएका छौं,’ डा. पौडेलले भने।

वडा स्तरको स्वास्थ्य संस्थामा बर्षको एक पटक रगत, पिसाब, महिलामा पाठेघरको मुख, स्तन क्यान्सरको स्क्रिनिङ गर्ने योजना रहेको डा. पौडेलले बताए।

हाल ४० वर्ष माथिका जनसंख्या झण्डै ६५ लाख ३७ हजार छ। विशेषगरी मधुमेह, उच्चरक्तचाप र मिर्गौलाको रोग पत्ता लगाउनका लागि परीक्षण गर्ने सरकारको योजना छ।

यी सम्पूर्ण परीक्षण नि : शुल्क हुने डा. पौडेलले बताए। आज सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा नेपालमा मिर्गौला अवस्था के कस्तो छ? भन्ने विषयमा छलफल समेत भएको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *