थप १६३० जना संक्रमणमुक्त, ६ जनाको निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा देशभर एक हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ९३० नमुना परीक्षणमध्ये एक हजार ४७८ जनामा संक्रमण पुष्टि भएको हो।

सोही समयमा एक हजार ६३० जना संक्रमित निको भई डिस्चार्ज भएका छन्।  त्यस्तै, पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ।

मन्त्रालयको अनुसार देशभर २१ हजार १३९ जना सक्रिय संक्रमित छन्।

जसमध्ये, १९ हजार ८०५ होम आइसोलेस र संस्थागत आइसोलेसनमा एक हजार ३३४ संक्रमित छन्।  त्यसैगरी, १०७ भेन्टिलेटर सहित ३३४ जनालाई आइसियुमा राखेर उपचार भईरहेको छ। देशभर २४३ जना क्वारेन्टाइनमा छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *