‘सामूहिक सत्याग्रह’ मा सहभागिता जनाउँदै डा.गोविन्द केसी (फोटोफिचर)

हेल्थपोस्ट नेपाल

नेपालको स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधार लागि लडिरहेका प्रा.डा. गोविन्द केसीले संयुक्त राष्ट्र संघको कार्यालय न्यूयोर्कमा भएको शान्तिपूर्ण प्रदर्शनमा सहभागीता जनाएका छन्।

विश्वमा चलेको द्वन्द र युद्धको अन्त्यका लागि अहिंसाको सन्देश दिँदै शान्ति स्थापनाका लागि ध्यानाकर्षण गराउँने उद्देश्यले सेप्टेम्बर २० र २१ तारिक दिनको संयुक्त राष्ट्र संघको मुख्यालय, न्युयोर्क, अमेरिकामा भएको शान्तिपूर्ण प्रदर्शनमा सहभागिता जनाएका हुन्।

सेप्टेम्बर १४ देखि सुरु भएको संयुक्त राष्ट्र संघको महासभामा विश्व शान्ति दिवस सेप्टेम्बर २१ का दिन विशेष सम्बोधनमा शान्तिपूर्ण प्रदर्शनमा गरिएको थियो। उक्त दुईदिने शान्तिपूर्ण प्रदर्शनलाई ‘सामूहिक सत्याग्रह’का रूपमा लिइएको थियो।

उक्त शान्तिपूर्ण प्रदर्शनमा अमेरिकामा रहेका नेपाली समुदाय, संघसंस्था तथा व्यक्ति सहभागिता जनाएका थिए।

 

फोटो : डा‌. गोविन्द केसी



Leave a Reply

Your email address will not be published. Required fields are marked *