ढलमा खसेर काठमाडौंमा एक बालक बेपत्ता

हेल्थपोस्ट नेपाल

काठमाडौंको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन्। बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन।

बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौं महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मंगलबार राति बालक बेपत्ता भएका महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिइन्।

स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *