भारतमा सक्रिय संक्रमितको संख्या ६ महिनायताकै कम

भारतमा सक्रिय संक्रमित संख्या ६ महिनायताकै सबभन्दा कम भएको छ ।

सरकारी अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या तीन लाख एक हजार ९ सय ८९ पुगेको छ ।

यो सङ्ख्या १ सय ८६ दिनपछिकै सबैभन्दा काम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा सक्रिय सङ्क्रमितहरुको संख्या पछिल्लो समय लगातार घट्दै गएको छ । दैनिक नयाँ संक्रमितभन्दा दैनिक संक्रमणमुक्त भएकाहरुको संख्या बढी हुदै गएकाले सक्रिय सङ्क्रमितहरुको संख्या घट्दै गएको हो ।

पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ९६४ जना नयाँ सङ्क्रमितहरु थपिएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

सोही अवधिमा ३४ हजार १६७ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको देखिएको अधिकारीहरुले जनाएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल तीन करोड २७ लाख ८३ हजार ७४१ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा कोरोनाका कारण अहिलेसम्म चार लाख ४५ हजार ७६८ जनाको मृत्यु भएको छ । ती मध्ये ३ सय ८३ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको जनाइएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *