१३ डाक्टरसहित विभिन्न पदमा सेनाले खुलायो जागिर

हेल्थपोस्ट नेपाल

नेपाली सेनाले स्वास्थ्यका विभिन्न पदमा जागिर खुलाएको छ।

जंगी अड्डा भर्ना छनोट निर्देशनालयले आज सूचना निकालेर एमबीबीएस डाक्टर, डेन्टल डाक्टर, वी फार्मेसी लगायतका पदमा कर्मचारी मागेको हो। खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति हुने बताएको सेनाले इच्छुकलाई दरखास्त दिन भनेको छ।

एमबिबिएस डाक्टर १३ जना, डेन्टल १, प्राविधिक उपसेनानी सैनिक उपचारिका ६, प्राविधिक उपसेनानी मेडिकल–डेन्टल टेक्निसियन, १, प्राविधिक उपसेनाी आर्डियोलोजिष्ट १, प्राविधिक उपसेनानी अप्टोमेष्ट्रिट १ र फार्मेसीका लागि १ जना कर्मचारीको माग गरेको छ।

दरखास्त आजदेखि कात्तिक ४ गतेभित्र दिइसक्नुपर्नेछ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *