मास्क नलगाउँदा के हुन्छ?

हेल्थपोस्ट नेपाल

कोरोना संंक्रमण कम हुँदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङकले देखाएको छ। तर संक्रमणको दर कम हुँदै गएपनि जोखिम अझै बाँकी नै छ। यो जोखिमलाई न्यूनिकरण गर्न मास्कको प्रयोग अझैपनि जरुरी छ।

मास्क नलगाउँदा हुने जोखिमहरुः

आफू संक्रमित हुन सक्ने

मास्क नलगाउँदा संक्रमित व्यक्तिले खोक्दा वा हाँच्छ्यु गर्दा निस्कने थुक र सिँगानको स–साना छिटाको माध्यमबाट संक्रमण सर्न सक्छ।

अरुलाई कोरोना भाइरस सार्ने

मास्क नलगाए आफूमा लक्षण नदेखिए पनि अरुलाई कोरोना भाइरस सार्ने सम्भावना भने रहिरहन्छ।

अन्य सरुवा रोग लाग्न सक्ने

मास्क नलगाउँदा कोभिड–१९ बाट मात्र नभई अन्य सरुवा रोग, धुवाँधुलोबाट पनि संक्रमित हुने सम्भावना बढ्छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *