यी हुन् मन्त्रिपरिषद्ले स्वास्थ्य सम्वन्धी गरेका तीन निर्णय

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यका सम्वन्धमा महत्वपूर्ण तीनवटा निर्णय गरेको छ ।
सरकारले कोभिड–१९ संकट व्यवस्थापन विधेयक र औषधि विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए।
कोभिड–१९ संकट व्यवस्था गर्न अध्यादेशको ६० दिन पुगिसकेका कारण त्यो पारित हुन नसकेपछि तत्कालका कोभिड–१९ नियन्त्रणका लागि प्रधानमन्त्रीको नेतृत्वमा निर्देशक समिति गठन गर्ने निर्णय भएको छ। उक्त समितिमा स्वास्थ्यमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, उद्योगमन्त्री, मुख्यसचिव र प्रधान सेनापति सदस्य रहनेछन्।
त्यसैगरि, औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक संय संसद्मा पेस गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ।
त्यसैगरि, मंगलबारको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सीमा नाका खुला गर्ने निर्णय गरेको छ।