कोरोनाबाट मृत्यु हुने संख्या एक अंकमा झर्यो

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १३ हजार ६२२ नमुना परीक्षण गर्दा उक्त संख्यामा  संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा भने १ हजार ८ सय ३० संक्रमित निको भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या ७ लाख ५४ हजार पुगेको छ।

त्यसैगरी, देशभर आज सक्रिय संक्रमित २१ हजार ५२४ छन्। जसमध्ये २० हजार १६४ होम आइसोलेसन र १ हजार ३६० संस्थागत आइसोलेसनमा छन्।

त्यस्तै, १०७ भेन्टिलेटरमा सहित ३३५ जनाको आइसियूमा उपचार भइरहेको छ।

पछिल्लो २४ घन्टामा कोरोनाबाट ५ जनाको निधन भएको छ। यो सँगै कोरोनाबाट ११ हजार ५३ जनाको निधन भएको छ।

मंगलबार देशभर १०७ जना क्वारेन्टाइनमा छन्।

 



One thought on “कोरोनाबाट मृत्यु हुने संख्या एक अंकमा झर्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *