ग्यास चुहिएर भएको आगलागीबाट दम्पत्तीको मृत्यु

हेल्थपोस्ट नेपाल

ग्यास चुहिएर भएको आगलागीमा परी जलेर घाइते भएका झापा अर्जुनधारा नगरपालिकाका एक दम्पत्तीको उपचारका क्रममा सोमबार राति काठमाडौंमा मृत्यु भएको छ।

आगलागीमा घाइते भएका अर्जुनधारा–७ पुष्पलाल मार्गका रोम खनाल र उनकी श्रीमती दुर्गाको किर्तिपुर अस्पतालमा मृत्यु भएको छिमेकी कमल पोखरेलले जानकारी दिए।

तीन घण्टाको फरकमा उनीहरूको मृत्यु भएको हो। पहिला श्रीमान र तीन घण्टा पछि श्रीमतीको मृत्यु भएको हो।

आगलागीमा घाइते भएका छोरा पंकजको अवस्था सामान्य छ। उनलाई डिस्चार्ज गर्ने तयारी भइरहेको पोखरेलले बताए। भदौ २६ गते साँझ सिलिन्डर फेर्ने क्रममा ग्याँस चुहिँदा खनालको घरमा आगलागी भएको थियो। सोही आगलागीमा परेर उनीहरू गम्भीर घाइते भएका थिए।

 

घर जलेपछि खनाल परिवार छिमेकीको घरमा आश्रय लिएर बस्दै आएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *