छिट्टै नेपाल आउँदै कोभिशिल्ड खोप

हेल्थपोस्ट नेपाल

सरकारले भारतको सिरम इन्सिच्युटसँग खरिद गरेको १० लाख डाेज खोप नेपाल आउने सम्भावना बढेको छ।

सेरम इन्स्टिच्युट अफ इन्डियाले अष्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोनाविरूद्धको खोप ‘कोभिशिल्ड’ अब अन्य देशहरुमा पठाउने निर्णय गरेको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सेरम कम्पनीले उही अक्टोबर महिनाबाट खोप वितरण गर्ने जानकारी दिएको छ ।

योसँगै नेपालले भारतसँग खरिद गरेको २० लाख खोप मध्य १० लाख खोप पनि नेपाल आउने छ ।

त्यस्तै, कम्पनीले ‘कोभ्याक्स’ सुविधालाई प्रदान गर्ने खोपबाट पनि नेपाललाई फाइदा पुग्ने भएको छ।

अन्तर्राष्ट्रिय नियमअनुसार ‘कोभ्याक्स’ सुविधामार्फत न्यून आयस्रोत भएका देशहरुका २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप प्रदान गर्नुपर्ने हुन्छ ।

यसै अनुरुप सेरमले पनि ‘कोभ्याक्स’ सुविधालाई प्राथमिकतामा राखेर खोप वितरण गर्ने निर्णय गरेको छ।

नेपालमा अझै पनि ७८ प्रतिशत मानिसले खोप लगाउनै बाँकी छ। भारतले नेपाललाई २१ लाख भेरोसेल खोप अनुदानमा दिइसकेको छ। दुई पटक गरी १० लाख खोप र नेपाल आर्मीका लागि एक लाख खोप अनुदानमा दिएको थियो।

२० लाख खोप खरिद गर्दा एक डोजको ४ डलर पर्ने गरी खरिद गरेको थियो। सिरमको यो घोषणासँगै नेपाललाई फाग्दा पुग्ने भएको हो।

हालसम्म २६ लाख ७७ हजार ५ जनाले पहिलो मात्रा कोभिशिल्ड/अष्ट्राजेनिका र १४ लाख ६६ हजार १६३ जनाले पूर्ण मात्रामा यो खोप लगाएका छन्।

यसअघि भारतले संसारका ७० भन्दा बढी मुलुकमा ६ करोड ६० लाख डोज खोप पठाइसकेको छ ।

अक्टोबर सम्ममा मात्रै भारतमा ३० करोड डोज खोप उत्पादन हुने र आगामी तीन महिनामा १०० करोड डोजभन्दा बढी खोप बन्ने जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *