काखी धेरै कालो छ ? हुनसक्छ यस्तो संकेत!

हेल्थपोस्ट नेपाल

स्वभाविक अवस्थामा तपाईको काखीको रङ शरीरको अन्य छालाको रङजस्तै हुनुपर्छ । तर, प्राय हामीले याद गरेका हुन्छौं कि काखीको रंग बाँकी शरीरको दाँजोमा कालो हुन्छ।

काखीको कालो रङ पहिलेभन्दा बढ्दै गइरहेको छ की ! यसो हो भने यो तपाईको शरीरका लागि राम्रो संकेत होईन। चिकित्सकले सामान्य स्वास्थ्य टिप्स अर्थात, घरैमा ख्याल गर्न सकिने भन्दै भनेका छन्, ‘काखीको छाला सामान्यतः केही कालो हुन्छ । तर, अचानक यो धेरै कालो भएमा त्यसले पनि थाइराइड र मधुमेहको संकेत गर्छ। ख्याल गर्नुपर्छ। यति मात्रै होईन अरु संकेतहरु पनि छन् जसले तपाईको स्वास्थ्य अवस्था ठिक छैन भन्ने जनाउँछ।

किन हुन्छ काखीको रङ कालो ?

काखीको रङ कुनै गम्भीर कारणले यो समस्या निम्तने होइन। यो केवल अत्यधिक पसिना र फिटिङ कपडाले छालामा हुने घर्षणका कारण हुनसक्छ।

काखीको रौँ हटाउन लगाइएको विभिन्न सामाग्रीको साईड ईफेक्टका कारण पनि यस्ता दाग बस्न सक्छन्।

यदि तपाईंको काखी अस्वभाविक रुपमा कालो छ भने तपाईंले तुरुन्त डाक्टरलाई जचाउनु पर्छ । यदि तपाईंको काखी मृत कोषिका र पसिनाका कारण कालो भएको हो भने केही घरेलु उपायहरुले तपाईं यो समस्याबाट छुटकारा पाउन सक्नु हुन्छ।

सामाग्री

–तीन चिया चम्चा बिरे नून

–तीन चिया चम्चा बेकिङ सोडा

–तीन चिया चम्चा ह्वाइट भेनेगर

–छ चिया चम्चा तातो पानी

सबै कुरालाई एउटा कचौरामा हालेर मिसाउने। तयार भएको पेस्टलाई काखीा लगाएर २० मिनेट सुक्नका लागि छाडिदिने। मन तातो पानीमा सफा कपडा भिजाएर प्याक हटाउने।

यो विधि हप्तामा एक पटक अनिवार्य रुपमा गर्नु पर्छ। बिस्तारै तपाईंको काखीको कालो दाग हटेर जान्छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *