डक्टर्स वेलफेर सोसाइटी अफ भक्तपुरको स्थापना

हेल्थपोस्ट नेपाल

भक्तपुरमा  डक्टर्स वेलफेर सोसाइटी अफ भक्तपुरको स्थापना भएको छ। भक्तपुरको तीनवटा अस्पतालको डाक्टरको सहभागितामा स्थापना भएको हो। जसमा

भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका चिकित्सक छन्।

संस्थाको नेतृत्व डा. सञ्जित कुमार गरेको छन्। त्यसैगरी, वरिष्ट उपाध्यक्षमा डा. उज्जवल चालिसे, उपाध्यक्षमा डा. सुरोज धौभडेल, सचिवमा डा. राजिव शाह, सह– सचिवमा डा. निर्मल श्रेष्ठ, कोषाध्यक्ष डा.कृष्ण बुढाथोकी र सह कोषाध्यक्ष मा डा. रन्जिश पहारी छन्।

डक्टर्स वेलफेर सोसाइटीका सचिव डा‌‌. राजीव शाहले भक्तपुरका आउने बिरामीको सहजताको लागि सोसाइटीको स्थापना गरेको बताए।

साथै गरिब बिरामीको लागि उपचारमा सहयोग गर्ने छन्। जसका लागि ‘पोर–पेसेन्ट फन्ड’को स्थापना गर्ने योजना समेत सोसाइटीले बनाएको छ।

यसमा फन्डमा पैसा जम्मा गरेर आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसक्नेहरुको लागि प्रयोग गर्ने डा. झाले बताए।

यस सोसाइटीबाट अस्पताल सुधारका काम समेत हुनेछ।

‘हामी बिरामीले उपचार सहजको लागि एक अर्को अस्पतालका डाक्टरसँग समवन्य गरेर काम गछौं। जसका लागि बिरामीले उपचारको लागि भौतारिनु पर्दैन,’ उनले भने।

सोसाइटीको सदस्यमा डा. मधु पाण्डे, डा.मनिष राय, डा.अरफान अजाद, डा. राजन शाह, डा.आनन्द बाबु ढकाल, डा. उमेश खैटु, डा.अम्बिका आचार्य र डा. तपस्या भुषाल छन्।



One thought on “डक्टर्स वेलफेर सोसाइटी अफ भक्तपुरको स्थापना

Leave a Reply to Bhakta Raj Cancel reply

Your email address will not be published. Required fields are marked *