कोरोना कारण १४३१ जनाको अस्पतालमा उपचार, कति छन् भेन्टिलेटरमा?

पछिल्लो २४ घन्टमा देशभर १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १३ हजार ८१७ नमुना परीक्षण गरेको मध्ये १ हजार ९५ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा भने २ हजार ९५७ संक्रमणमुक्त भएका छन्। यो थपिएका सहित नेपालमा संक्रमणमुक्त हुने संख्या ७ लाख ५२ हजार १७० पुगेको छ।
सोमबार देशभर २२ हजार ३२१ सक्रिय संक्रमित छन्। जसमध्ये २० हजार ८९१ होम आइसोलेसन र १ हजार ४३१ जना संस्थागत आइसोलेसनमा रहेका छन्।
त्यसैगरी, १०८ भेन्टिलेटर सहित ३७१ जनाको आइसियूमा राखि उपचार भइरहेको छ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ८ जनाको निधन भएको छ।
यो सँगै निधन हुनेको संख्या ११ हजार ४८ पुगेको छ।
हालसम्म कुल संक्रमितमध्ये १.४१ कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।