चिकित्सक दम्पती नै विभूषित

हेल्थपोस्ट नेपाल

संविधान दिवसको अवसरमा एक चिकित्सक दम्पती विभूषित भएका छन्।

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसमा वितरण गर्ने प्रदेश पदक संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान र्पुयाएको ५७ जनालाई विभूषित गरेको हो।

जसमध्ये एक दम्पती जोडी समेत रहेका छन्।

विभूषित हुनेमा बर्दिया अस्पतालका मेसु डा. सुभाष पाण्डेय र बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत सह–प्राध्यापक तथा वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. कविता सिन्हा (पाण्डेय) छन्।

डा. पाण्डेयले बर्दिया अस्पतालमा कोरोना संक्रमितको उपचारमा चिकित्सकिय एवं ब्यबस्थापकिय रुपमा बिशेष योगदान पुर्‍याई संक्रमितहरुको उपचारमा सहज ब्यबस्था मिलाएको प्रदेश सरकारले जनाएको छ ।

त्यस्तै, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत सह–प्राध्यापक तथा वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. कविता सिन्हा समाजसेवा श्री पदक बाट विभूषित भएका छिन्।

उनले काठमाडौं उपत्यका बाहिर पहिलो पटक कोभिड–१९ संक्रमित प्रसुतिको शल्यक्रियाका साथै कोभिडको समयमा प्रसुतिहरुको उपचार गरेको प्रदेश सरकारले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *