जेडिसिले पाँच सय एमबिबिएस चिकित्सकलाई ट्रमा कियर तालिम दिँदै

हेल्थपोस्ट नेपाल

नेपाल चिकित्सक संघ जूनियर डाक्टर कमिटी (जेडिसि) ले ट्रमा कियर सम्बन्धि चिकित्सकलाई तालिम सञ्चालन गर्न लागेको छ।

एओ एलायन्स फाउन्डेसनको सहयोगमा देशका विभिन्न नौ स्थानमा ट्रमा कियर सम्बन्धी तालिम लिन लागेको हो।

एमबिबिएस चिकित्सकलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गर्न लाइएको जेडिसिका सदस्य सचिव डा. हुलास अग्रवालले जानकारी दिए।

उनका अनुसार नेपालगन्ज मेडिकल कलेजका ३० एमबिबिएस चिकित्सकलाई सो तालिम दिइसकेको छ।

अब विराटनगर, भद्रपुर, जनकपुर, धनगढी, पोखरा, बुटवल र चितवनमा ट्रमा कियर सम्बन्धीको तालिम दिइने छ।

नौ स्थान हुने उक्त कार्यक्रममा पाँच सयभन्दा बढी चिकित्सकलाई तालिम दिने लक्ष्य राखिएको छ।

डा. रमेश प्रसाद सिंह , डा दिनेश श्रेष्ठ , डा विजेन्द्र अधिकारी र डा हेमन्त गुप्ताले तालिम दिँदै आएका छन्।

डा. अग्रवालले एमबिबिएस चिकित्सक को लागि विभिन्न सीपमूलक तालिम दिने र रेजिडेन्ट को लागि थेसिस सम्बन्धी तालिम दिने बताए। यस अगाडि अग्रवालको पहलमा जेडिसिले कोभिड सम्बन्धी वेविनार सिरिज संञ्चालन गरेको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *