घट्दै कोरोना, आज ७३४ जनामा संक्रमण, १० को मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १३ नमुना परीक्षणमा ७३४ जनामा संक्रमण पुष्टि भएको हो।

आइतबार देशभर एक हजार ४१३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घण्टामा १० एक जना संक्रमितको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमित छन्। जसमध्ये २२ हजार ८६४ होम आइसोलेसन र संस्थागत आइसोलेसनमा एक हजार ४४९ संक्रमित छन्।

त्यसैगरी, ११७ भेन्टिलेटरमा सहित ३९० जना आइसियुमा राखि उपचार भईरहेको छ।

आज २४८ जना क्वारेन्टाइनमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *